नेपाल लाइफले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वागमतीप्रदेशको राजधानी हेटौंडामा ६० धुर जग्गा किनेको छ ।

कम्पनीले हेटौंडा उपमहानगरपालिका ४ स्थित दीपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको भवनसहितको ६० धुर क्षेत्रफलको जग्गा किनेको हो ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई उक्त जग्गा तथा भवन १७ करोड ८९ लाख रुपयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ । उक्त जग्गा किन्दा कम्पनीले रजिष्ट्रेशन शुल्क बापत ७९ लाख ५१ हजार ५०० रुपैयाँ तिरेको छ ।

उक्त भवन र जग्गा कम्पनीको व्यावसायिक एवम् कार्यालय प्रयोजनका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ ।

धान भित्र्याउने बेला मौसम प्रतिकूल, उत्पादन घट्ने अनुमान Read Previous

धान भित्र्याउने बेला मौसम प्रतिकूल, उत्पादन घट्ने अनुमान

नेप्सेमा २६ अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा सर्किट Read Next

नेप्सेमा २६ अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा सर्किट