नेप्सेमा २६ अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । ५ दिनपछि मंगलबार खुलेको बजारमा नेप्से १ अंकभन्दा कमले घटेको हो । आज दिनभरमा नेप्सेमा २६ अंकको उतरचढाव आयाे।

आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४ बिन्दुमा आइपुगेको छ । आज ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट भएको छ । अघिल्लो कारोबा दिनको डेढ अर्बले घटेर ४ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने लगानी समूह ०.८१ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक २९ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा जीआइसी इन्स्योरेन्सको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्य घटेको छ ।

झिनो अंकले घटेको बजारमा आज सुपर माइ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत बढेको छ ।

त्यस्तै, समाज लघुवित्तको ९.९५ प्रतिशत, गुराँस लघुवित्त, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ८.७५ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

नेपाल लाइफले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन Read Previous

नेपाल लाइफले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन

पञ्चेश्वर परियोजनाको 'डीपीआर' चाँडो पूरा गर्न भारतलाई आग्रह Read Next

पञ्चेश्वर परियोजनाको 'डीपीआर' चाँडो पूरा गर्न भारतलाई आग्रह