सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुन आज भने तोलामै झण्डै ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २८०० हजार रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक १५ गते कीर्तिमानी १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घढेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

दुई कम्पनीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई कम्पनीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै Read Next

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै