अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ ।

चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ७७ मेट्रिक टन कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८/७९मा ७२ मेट्रिक टन उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०/८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

आव २०७८/७९मा देशभर ४५० मेट कफीको आयात गरी रु ३२ करोड खर्च गरिएकामा आव २०७९/८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए । उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए ।

हाल देशभर ३ हजार ६५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब ३९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ ।

यस क्षेत्रमा कार्यरत कृषकको सङ्ख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ । नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।

यस्तै, आव २०७८/७९मा देशभर चियाको निर्यात रु ३ अर्ब ८० करोड रहेकामा आव २०७९/८० मा करिब रु १४ करोडले वृद्धि भएको छ ।

चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए ।

सुनको मूल्यमा भारी गिरावट Read Previous

सुनको मूल्यमा भारी गिरावट

गौतमबुद्ध विमानस्थलमा यही साता भित्रै थप दुई विदेशी एयरलाइन्सले उडान गर्दै Read Next

गौतमबुद्ध विमानस्थलमा यही साता भित्रै थप दुई विदेशी एयरलाइन्सले उडान गर्दै