दुई कम्पनीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (कात्तिक २१ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन् ।

बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको ५० प्रतितश हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, नतिजा आउन कति समय लाग्छ ?  Read Previous

आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, नतिजा आउन कति समय लाग्छ ? 

सुनको मूल्यमा भारी गिरावट Read Next

सुनको मूल्यमा भारी गिरावट