सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रालि)संग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कात्तिक १५ देखि १८ गतेसम्म मात्र लागू हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

तिहार बिदामा पनि निगमको सबै डिपो खुल्ने Read Previous

तिहार बिदामा पनि निगमको सबै डिपो खुल्ने

रोकिएन सुनको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड Read Next

रोकिएन सुनको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड