रोकिएन सुनको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार मात्रै इतिहासकै महँगोको नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि कात्तिक १४ गते सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेर २०९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने Read Previous

सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा Read Next

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा