तिहार बिदामा पनि निगमको सबै डिपो खुल्ने

काठमाडौं । नेपाल आयल निगमले तिहारको बिदाका दिनमा पनि पेट्रोलियम पद्धार्थ बिक्री वितरण गर्न आफ्ना सबै डिपोहरू खुला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले अभाव हुन नदिन निगमले सबै डिपो खुला राख्ने भएको हो।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ । इन्धन डिपोहरू आलोपालो रुपमा संचालन गरिने र कर्मचारीलाई स्टाण्डबाई राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर र मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज कात्तिक १६ र १९ गते खुला हुनेछ ।

बागमती प्रादेशिक कार्यालय थानकोट डिपो १६, १७ र १९ गते, गण्डकी प्रादेशिक कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा १६ र १७ गते, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी, महेन्द्रनगर धनुषा, वीरगञ्ज र चारआली झापा १६ र १९ गते खुला रहने निगमले जनाएको छ ।

त्यस्तै, इन्धन डिपो नेपालगञ्ज र दाङ १६ गते मात्रै सञ्चालनमा आउनेछ भने दिपायल र कर्णाली प्रादेशिक कार्यालय सुर्खेत भने आवश्यकता अनुसार खलाइने निगमको भनाइ छ ।

फाइनल हेर्न जानेका लागि यी ६ ठाउँमा पार्किङको व्यवस्था Read Previous

फाइनल हेर्न जानेका लागि यी ६ ठाउँमा पार्किङको व्यवस्था

सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने Read Next

सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने