सिद्धार्थ बैंकको महिला उद्यमशील कर्जा

काठमाडौं । सिद्धार्थ बैंकले महिला उद्यमी लक्षित गर्दै महिला उद्यमशीलता विकासका लागि १५ लाख रुपैयाँसम्मको सहज कर्जा उपलब्ध गराउन ‘महिला उद्यमशील कर्जा’ योजना ल्याएको छ ।

 

योजनाअन्तर्गत कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रधान गराइने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफ्नो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ । यस्तै ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।

 

यस कर्जा योजना अनुसार ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा (अधिकतम १५ लाख रुपैयाँसम्म), प्रशासनिक शुल्क, अग्रिम भुक्तानी शुल्क नलाग्ने र ५ कार्य दिनभित्रै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।

 

महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँच बढाउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

साताको सेयर बजार : सूचक १८ अंकले बढ्दा  कारोबार ३५ प्रतिशतले वृद्धि Read Previous

साताको सेयर बजार : सूचक १८ अंकले बढ्दा कारोबार ३५ प्रतिशतले वृद्धि

लिज अविध ६ वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको २५ वर्ष म्याद थप Read Next

लिज अविध ६ वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको २५ वर्ष म्याद थप