सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि कात्तिक ११ गते सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

 

फाइनान्स कम्पनीको खराब कर्जा ३५% सम्म पुग्यो, सेयर मूल्य भने झन् उचालिँदै Read Previous

फाइनान्स कम्पनीको खराब कर्जा ३५% सम्म पुग्यो, सेयर मूल्य भने झन् उचालिँदै

तिहारमा फूल बेच्न काठमाडौं महानगरले तोक्यो ४६ ठाउँ (सूचीसहित) Read Next

तिहारमा फूल बेच्न काठमाडौं महानगरले तोक्यो ४६ ठाउँ (सूचीसहित)