काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूल बेच्न प्रतिबन्ध लगाएको छ । महानगरले स्वदेशी फूललाई प्रोत्साहन गर्न भन्दै प्लाष्टिकका फूल बेच्न रोक लगाएको हो ।
महानगरका मेयर बालेन्द्र शाहले स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको बताएका छन् । कसैले लुकिछिपी बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने उनले बताए । ‘यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ उनले भनेका छन् ।
साथै, उनले स्वदेशी फूलको प्रोत्साहन र बिक्री वितरणलाई व्यवस्थित गर्न महानगरका ४६ स्थानमा प्रबन्ध मिलाइएको जानकारी दिएका छन् ।
यस वर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ,’ मेयर शाहले भनेका छन् ।
महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाएको थियो ।
यी हुन् महानगरले फूल बिक्रीका लागि तोकेका स्थानहरू
१. आरती पार्टी प्यालेस, माछा पोखरी
२. बुद्ध मल, माछा पोखरी
३. बालाजु भाटभटेनी, माछा पोखरी,
४. भ्याली कोल्ड स्टोर, बालाजु
५. सामुदायिक भवन, बालाजु
६. धर्मचक्र पार्क, स्वयम्भू
७. स्वयम्भू मार्ट
८. भाटभटेनी, कलंकी
९. कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०. एसएनएस, कलंकी
११. एनबीटीसी, कलंकी
१२. नेपा ब्याङ्क्वेट, खुशिँवु
१३. बिगमार्ट, कालधारा, पकनाजोल
१४. साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५. काठमाडौँ मल, सुन्धारा
१६. सिभिल मल, सुन्धारा
१७. सीटीसी मल, सुन्धारा
१८. रञ्जना मल, नयाँ सडक
१९. बिगमार्ट कम्प्लेक्स, अनामनगर
२०. एटी कम्प्लेक्स, न्यू प्लाजा
२१. भाटभटेनी, अनामनगर
२२. आइटी प्लाजा, कमलादी
२३. संकटा चोक, टेवहाल
२४. केएल टावर, चाबहिल
२५. वि एन्ड एसएम, बौद्ध
२६. भर्गो जापान, शंखमूल
२७. आइप्लेक्स, बानेश्वर
२८. एनबी सेन्टर, नयाँ बानेश्वर
२९. फोनिक्स टावर, बत्तीसपुतली
३०. चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१. बिगमार्ट, शंखमूल
३२. बीबीएसएम, कोटेश्वर
३३. सिफल चौर, सिफल
३४. केटिएम पार्टी प्यालेस,
३५. निराकल कम्प्लेक्स, शंखमूल
३६. एसी कम्प्लेक्स, चाबहिल
३७. भाटभटेनी, कोटेश्वर
३८. भाटभटेनी, नक्साल
३९. बिगमार्ग, बालुवाटार
४०. सेल्सबेरी, महाराजगञ्ज
४१. भाटभटेनी, महाराजगञ्ज
४२. कोइराला मार्ट, सामाखुशी
४३. बिगमार्ट, सामाखुशी
४४. सिटी सेन्टर, कमलपोखरी
४५. ल्होत्से मल, बालाजु
४६. सासा ब्याङकेट, सोह्रखुट्टे