काठमडाौं । एलजीले दशैं, तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन पाउने छन् ।
एलजी ओलेड टीभी, एलजी क्युनेड टीभी, एलजी यूएचडी टीभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकले ४० प्रतिशतसम्म क्यासब्याक पाउने छन् ।
साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर भन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट पाउने छन् ।
त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।
यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान साट्न पाउने छन् भने एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।
यो योजना गत भदो २३ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू भएको कम्पनीले जनाएको छ । नेपालमा एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।