नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत बुधारबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज २७ अंकले फर्केको हो ।

सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६१ करोड रुपैयाँले बढेर ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ३३ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स र दोल्ती पावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

पिपुल्स हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ६.०२ प्रतिशत गुमाएका छन् ।

एलजीका उत्पादनमा ४० प्रतिशतसम्म क्यासब्याक पाइने Read Previous

एलजीका उत्पादनमा ४० प्रतिशतसम्म क्यासब्याक पाइने

निर्जीवन बीमा व्यवसाय : ३ कम्पनी बीच कडा टक्कर, सगरमाथा लुम्बिनी अगाडि Read Next

निर्जीवन बीमा व्यवसाय : ३ कम्पनी बीच कडा टक्कर, सगरमाथा लुम्बिनी अगाडि