कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउने बाटो खुल्यो, रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आइतबार रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले उक्त रिट निवेदन खारेज गरेसँगै सो आयोजना अघि बढाउने बाटो खुलेको छ ।

सो आयोजनाविरुद्ध विसं २०७८ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले रिट निवेदन खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको छ । फैसलाको लिखित पाठ आउन बाँकी छ ।

कीर्तिपुरको दर्शन सहकारी संस्था समस्याग्रस्त घोषणा Read Previous

कीर्तिपुरको दर्शन सहकारी संस्था समस्याग्रस्त घोषणा

एलजीका उत्पादनमा ४० प्रतिशतसम्म क्यासब्याक पाइने Read Next

एलजीका उत्पादनमा ४० प्रतिशतसम्म क्यासब्याक पाइने