काठमाडौं . काठमाडौंको कीर्तिपुर नगरपालिका-१०, स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
उक्त सहकारी संस्थाले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।
उक्त सहकारीले ९ हजार ८५७ सेयर सदस्यको १ अर्ब ५२ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।
सहकारीका अध्यक्ष दिनेश दर्शनधारी लगायतका पदाधिकारीले बचतकर्ताको रकम अपचलन गरेकाले समस्या आएको देखिएको छ ।