राष्ट्र बैंकले कात्तिक ११ देखि चाँदीको सिक्का र सुनको असर्फी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले ११ कात्तिकदेखि १४ कात्तिकसम्म चाँदीको स्मारिका तथा मेडालियन बिक्री गर्ने भएको हो ।

२५ ग्रामको चाँदीको गाई अंकित सिक्का, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित १० ग्रामको सिक्का बिक्री गर्ने जनाएको छ ।

त्यस्तै, सुनको असर्फी भने कात्तिक १३ गते १ दिन मात्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले बिक्री गर्ने जनाएको छ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि सहित उपस्थित हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ ।

एलआइसीएन र स्वाबलम्वन लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

एलआइसीएन र स्वाबलम्वन लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध Read Next

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध