काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सले लाइफ इन्स्यारेन्स कर्पोरेसन (एलआइसी) नेपाल र स्वाबलम्वन लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले लाइफ इन्स्योरेन्सले जारी गर्ने ८८.४५ प्रतिशत हकप्रदका आधारमा सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि एलआइसीको नयाँ सेयर मूल्य ११०१.८५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, स्वाबलम्बन लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनसका आधारमा मूल्य समायोजन भएको हो । लघुवित्तको नयाँ सेयर मूल्य ९४०.९२ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्ने छ।