माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले गत महिना आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितलाई सहयोग पुगोस भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

बैंकका अध्यक्ष रोशन केसीले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले देशकै ठूलो सोलार परियोजनामा लगानी गर्ने Read Previous

ग्लोबल आइएमई बैंकले देशकै ठूलो सोलार परियोजनामा लगानी गर्ने

नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी