नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार एकैदिन ४७ अंकले घटेको नेप्से आज ५८ अंकले घटेको हाे । यस साता दुई दिनमै नेप्से १०५ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा आइपुगेको छ । आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तु्लनामा कारोबार रकम २ अर्ब १८ करोड रुपैयाँले बढेर ५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक २२ करोड ३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ । घट्दो बजारमा पनि आज विन नेपाल लघुवित्तका सेयरधनीले झण्डै १० प्रतिशत कमाएका छन् ।

आज ङादी ग्रुप पावरका सेयरधनीले सर्वाधिक ९.२० प्रतिशत गुमाएका छन् । त्यसैगरी, गुडविल फाइनान्स ५.६५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, गोर्खा फाइनान्स, समृद्धि फाइनान्स, हिमालयन लघुवित्त र रिलायन्स फाइनान्सको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

 

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग Read Previous

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

सामाखुसी यातायातले संचालनमा ल्यायो १५ नयाँ बस, यी रुटमा चलाउने Read Next

सामाखुसी यातायातले संचालनमा ल्यायो १५ नयाँ बस, यी रुटमा चलाउने