ग्लोबल आइएमई बैंकले देशकै ठूलो सोलार परियोजनामा लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेड बीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार प्राइम पावरले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी संचालन गर्ने छ ।

प्राइम पावरका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराए ।

यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न ५ सौर्य परियोजना अन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताको आयोजनाहरूमा समेत लगानी रहेको छ । प्राइम पावर सौर्य ऊर्जा क्षेत्रमा अग्रणी समूह हो ।

नेपालमा सञ्चालित सौर्य परियोजनाहरू मध्य उक्त परियोजना सौर्य ऊर्जा अन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो ।

बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

नेप्से घट्दा सरकारलाई पनि घाटा, सेयर बजारबाट हुने आम्दानी ७७% घट्यो Read Previous

नेप्से घट्दा सरकारलाई पनि घाटा, सेयर बजारबाट हुने आम्दानी ७७% घट्यो

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग Read Next

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग