सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत बुधबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आज लगातार पाँचौं दिन नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि आइतबार सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । इजरायल र इरान बीच बढ्दो तनावका कारण विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

भारतमा चिया उत्पादन घट्दा नेपाली कृषकलाई फाइदा, निर्यात र मूल्य दुवै बढ्यो Read Next

भारतमा चिया उत्पादन घट्दा नेपाली कृषकलाई फाइदा, निर्यात र मूल्य दुवै बढ्यो