भारतमा चिया उत्पादन घट्दा नेपाली कृषकलाई फाइदा, निर्यात र मूल्य दुवै बढ्यो

भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार ३ महिनामा ६ हजार ४२६.७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५०.८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो तीन महिनामा रु १ अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ ।

आव २०८०/८१ को सोही अवधिमा रु १ अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको ३ महिनामा ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा १ हजार ५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमशः २५, ३९ र १६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारी लगायत वस्तुको निर्यातमा कमी आएको छ ।

सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

आन्दोलनले बंगलादेशको गार्मेन्ट उद्योगमा ५३ अर्बको क्षति Read Next

आन्दोलनले बंगलादेशको गार्मेन्ट उद्योगमा ५३ अर्बको क्षति