सुन र चाँदीको मूल्य इतिहासकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत बुधबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आज लगातार चौथोे दिन नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । इजरायल र इरान बीच बढ्दो तनावका कारण विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो Read Previous

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

कात्तिक भित्रै दुई कम्पनीको लकइन पिरियड सकिँदै, कुनको कहिले ? Read Next

कात्तिक भित्रै दुई कम्पनीको लकइन पिरियड सकिँदै, कुनको कहिले ?