कात्तिक भित्रै दुई कम्पनीको लकइन पिरियड सकिँदै, कुनको कहिले ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई हाइड्रोपावर कम्पनीको लकइन पिरियड कात्तिक महिना भित्रै सकिने भएको छ ।

कात्तिक महिना भित्रै मध्य भोटेकोशी जलविद्युत् र सामलिङ पावरको लकइन पिरियड सकिने भएको हो । दुवै कम्पनीहरूले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय र आफ्ना कर्मचारीका लागि जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।

नेप्सेका अनुसार सामलिङ पावरको ४२ लाख ८४ हजार ६०० कित्ता सेयरको लकइन पिरियड यही कात्तिक १५ गते सकिने भएको छ ।

कम्पनीको संस्थापकतर्फको ३७ लाख ५० हजार कित्ता, स्थानीयको ५ लाख कित्ता र कर्मचारीको नाममा रहेको १४ हजार ६०० कित्ता सेयरको लकइन पिरियड सकिने भएको हो ।

त्यसैगरी, मध्य भोटेकोशी हाइड्रोपावरको ४ करोड ९७ लाख ५० हजार कित्ता सेयरको लकइन कात्तिक ११ गते सकिने भएको छ ।

कम्पनीको संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी संचयकोषमा रकम जम्मा गरेको संचयकर्ताको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता, ऋणदाता कर्मचारी संचयकोषका कर्मचारीको ६ लाख कित्ता, सिन्धुपाल्चोकका स्थानीयको ६० लाख कित्ता र कम्पनीका कर्मचारीको ३ लाख ६० हजार कित्ता सेयरको लकइन पिरियड सकिने नेप्सेले जनाएको छ ।

दुवै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्नेछ ।

सुन र चाँदीको मूल्य इतिहासकै महँगो Read Previous

सुन र चाँदीको मूल्य इतिहासकै महँगो

भारतीय एयरलाइन्समा झुटो बम आतंक, आए ७० बढी धम्की Read Next

भारतीय एयरलाइन्समा झुटो बम आतंक, आए ७० बढी धम्की