तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

दमौली । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८.१ प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२.०७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज-२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३.५ प्रतिशत काम पूरुा भएको छ ।

आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज-१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज-२ को काम पनि भइरहेको छ ।

प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।

कर्जा विस्तारमा आक्रमक बन्दै बैंक, दुई महिनामै दिए १ खर्ब बढी ऋण Read Previous

कर्जा विस्तारमा आक्रमक बन्दै बैंक, दुई महिनामै दिए १ खर्ब बढी ऋण

सुन र चाँदीको मूल्य इतिहासकै महँगो Read Next

सुन र चाँदीको मूल्य इतिहासकै महँगो