काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको छ ।
निगमले दुई न्यारोवडी र दुई वाडबडी जहाज खरिदका लागि लिएको ऋणमध्ये असोजको किस्ता बापत उक्त रकम तिरेको हो ।
पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम तिरेको निगमले जनाएको छ ।
विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले त्यसबेलाको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ ।
किस्ता संख्या बढाएर समेत ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गर्न सकिने निगमको विकल्प छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको जनाएको छ ।