वीरगञ्जबाट मोटरसाइकल आयात ७७ प्रतिशतले बढ्यो

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६.८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ हजार १२० वटा मोटरसाइकल आयात भएका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।

चालु आवको भदौ मसान्तसम्ममा रू. २ अर्ब ७ करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक १ अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने ९ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए ।

आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख ४ हजार मूल्य पर्ने १२ लाख ६५ हजार ६२७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार ५३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।रासस

बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक Read Previous

बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक

निगमले असोजको किस्तामा तिर्यो ५३ करोड ऋण Read Next

निगमले असोजको किस्तामा तिर्यो ५३ करोड ऋण