स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गर्ने, गरिमा क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

कम्पनीले आइतबार गरिमा क्यापिटलसँग आइपीओ प्रत्याभूति व्यवस्थापनका लागि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्स प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

स्टार माइक्रो इन्स्योरेन्स २०७९ पुष १४ गते दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमा व्यवसाय गर्दै आइरहेको छ ।

निगमले पहिलोपटक न्यारोबडी जहाजबाट भैरहवा उडान गर्दै, भाडादर कति ? Read Previous

निगमले पहिलोपटक न्यारोबडी जहाजबाट भैरहवा उडान गर्दै, भाडादर कति ?

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो Read Next

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो