काठमाडौं । प्रभु समूहले बाढीपहिरो पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई चेक हस्तान्तरण गरेका हुन् ।
प्रभु समूह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्सले उक्त रकम सहयोग गरेका हुन् ।
प्रभु समूह अन्तर्गतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा गरिएको छ ।