सानिमा बैंकद्वारा दुर्घटना बीमा बापत १० लाख हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक माधवप्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटनाका कारण मृत्यु भएका निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरूको उपचार बीमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम संचालनमा रहेका छन् ।

ह्युमपाइपले जोडियो तातोपानी नाका Read Previous

ह्युमपाइपले जोडियो तातोपानी नाका

सप्तकोसीमा 'जेटबोट' पुनः सञ्चालनमा, आउजाउमा सहज हुने Read Next

सप्तकोसीमा 'जेटबोट' पुनः सञ्चालनमा, आउजाउमा सहज हुने