सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा, आउजाउमा सहज हुने

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।

केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, ‘चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।’

हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए।

आज विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेल लगायतले निरीक्षण गरेका थिए ।

सानिमा बैंकद्वारा दुर्घटना बीमा बापत १० लाख हस्तान्तरण Read Previous

सानिमा बैंकद्वारा दुर्घटना बीमा बापत १० लाख हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा ५ करोड सहयोग Read Next

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा ५ करोड सहयोग