प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरेका हुन् ।

बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे ।

ब्रोकर नं. ३६ ले संचालनमा ल्यायो आफ्नै टीएमएस, यस्ता छन् सुविधा Read Previous

ब्रोकर नं. ३६ ले संचालनमा ल्यायो आफ्नै टीएमएस, यस्ता छन् सुविधा

नेपालले कार्बन बिक्रीबाट १ अर्ब ६० करोड पाउँदै Read Next

नेपालले कार्बन बिक्रीबाट १ अर्ब ६० करोड पाउँदै