काठमाडौं । सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नं. ३६)ले आजदेखि आफ्नै ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ ।
यसअघि नेप्सेको टीएमएसबाट कारोबार गर्दै आएको कम्पनीले आजदेखि आफ्नै टीएमसबाट कारोबार सुरु गरेको हो ।
नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको ब्रोकरले जनाएको छ । ब्रोकको टीएमएसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरू रहेका छन् ।
ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क तिर्नु पर्दैन । नयाँ टीएमएसमा लोड भएको कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल सही रूपमा देखिने छ । नेप्सेको टीएमएसमा कोल्याटरको वास्तविक तथ्यांक देखाउँदैन ।
त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन/दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् ।
त्यस्तै सेयर बिक्री भइसकेपछि त्यहीं रकमबाट तुरुन्तै अरु कम्पनीको सेयर किन्न सक्नेछन् । नयाँ प्रणालीबाट कारोबार चुस्त, छरितो र पारदर्शी हुने ब्रोकको दाबी छ ।
सेक्युर्डले आफ्नै टीमएएस संचालनमा ल्याएसँगै अन्य ब्रोकरहरूले पनि तयारी गरेका छन् । नेप्सेसँग झण्डै ३ दर्जन कम्पनीले आफ्नै टीएमएस संचालनमा ल्याउन अनुमति मागेका छन् । तीमध्ये नासा सेक्युरिटिज र साउथ एसियन बुल्सले पनि चाँडै प्रयोगमा ल्याउनेब बताएका छन् ।