सिप्रदीको सहयोगमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको सहयोगमा काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्षको संचालनमा ल्याइएको छ ।

सिप्रदीले काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राखी सहायता कक्ष संचालनमा ल्याएको हो ।

दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँबसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा,  नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ । यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या  र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

यात्रुको महंगोमा टिकट किन्नु पर्ने बाध्यता, टिकट नपाउने लगायत गुनासो न्यूनिकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको छ ।

आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।

विजय कुमार शाहले बाल अस्पताल निर्माण गर्न ४ करोड सहयोग गर्ने Read Previous

विजय कुमार शाहले बाल अस्पताल निर्माण गर्न ४ करोड सहयोग गर्ने

सडक पूर्ण संचालनमा नआएसम्म  वायुसेवा कम्पनीले अधिकतम भाडा नलिने  Read Next

सडक पूर्ण संचालनमा नआएसम्म वायुसेवा कम्पनीले अधिकतम भाडा नलिने