सडक पूर्ण संचालनमा नआएसम्म वायुसेवा कम्पनीले अधिकतम भाडा नलिने 

काठमाडौं । सडक सञ्जाल पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री  बद्री पाण्डेको विशेष पहलपछि वायुसेवा कम्पनीहरू अधिकतम भाडा नलिन सहमत भएका हुन् ।

वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाईका साथ कार्यान्वयन गर्ने र सडक सञ्जालन सञ्चालनमा नआएसम्म मंहगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन ।

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रुपमा संचालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन ।

वायु सेवा संचालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात सडक सञ्जाल समेत संचालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाइ टिकट नबेच्न निर्देशन दिएको छ ।

यसअघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए ।

सिप्रदीको सहयोगमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना Read Previous

सिप्रदीको सहयोगमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सातै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय Read Next

सातै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय