विजय कुमार शाहले बाल अस्पताल निर्माण गर्न ४ करोड सहयोग गर्ने

काठमाडौं । व्यवसायी विजय कुमार शाह परिवारले डा. भगवान कोइरालाको नेतृत्समा निर्माण हुन लागेको बाल अस्पातल निर्माणका लागि ४ करोड आर्थिक सहयोग गर्ने भएको छ ।

शाहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच)को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआइसीयू र डे केयर सर्जरी शाखाको भौतिक संरचना निर्माणका लागि उक्त सहयोग गर्ने भएका हुन् ।

यो सहयोग शाह परिवारको निजी सम्पत्तिबाट प्रदान गर्न लागिएको हो । शाह तीन पटकसम्म नेपालकै शिर्ष करदाता बनेका व्यक्ति हुन् ।

शाह परिवारले प्राथमिक चरणमा भदौ १३ गते १ करोड रुपैयाँ केआइओसीएचलाई प्रदान गरिसकेको छ । बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ । जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआइसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआइसीयू नामाकरण गरिनेछ ।

गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ)ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ ।

नयाँ पीएसआइसीयू र डे केयर सर्जरी शाखाद्धारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ । स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुनेछ । शाह परिवारको परोपकारी सहयोगका कारण नेपालको बालस्वास्थ्य सेवाको उल्लेखनिय सुधार हासिल हुनेछ विश्वास लिइएको छ ।

दशैंको अग्रिम टिकट बन्द गराउने तयारी Read Previous

दशैंको अग्रिम टिकट बन्द गराउने तयारी

सिप्रदीको सहयोगमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना Read Next

सिप्रदीको सहयोगमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना