सिप्रदीद्धारा टाटा बसका लागि गोंगबुमा निःशुल्क चेकअप क्याम्प संचालन

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरूका लागि गोंगबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प संचालन गरेको छ ।

चाडबाडको बेला यातायाता व्यवसायीलाई ढुक्कसंग यातायात संचालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सिप्रदीले उक्त चेकअप क्याम्प संचालन गरेको हो ।

सिप्रदीका अनुसार गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरूको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरिने छ । साथै, सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सिप्रदीले चाडबाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याहरूको समाधान गर्न चौबिसै घण्टा टोल फ्री सेवामार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स् सेवा उपलब्ध गराउने भएको छ । साथै, सम्पूर्ण सर्भिस सेन्टरहरू पनि खुला राखी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, सिप्रदीले कमर्सियल गाडीहरूको लागि असोज २२ गतेसम्म सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा टाटा शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ ।

जहाँँ ग्राहकले टाटा जेन्यूइन पार्ट्स, ल्यूब्रिकेन्टस् तथा लेबर चार्जमा १५ देखि ५० प्रतिशतसम्म छुट पाउने सिप्रदीले जनाएको छ । यस अवधिमा देशभर ५ हजारभन्दा बढी गाडीहरूको चेकअप गर्ने कम्पनीले लक्ष्य राखेको छ ।

 

मुख्य सडक बन्द हुँदा हवाई टिकट पाउनै मुस्किल, भाडा अचाक्ली महँगियो Read Previous

मुख्य सडक बन्द हुँदा हवाई टिकट पाउनै मुस्किल, भाडा अचाक्ली महँगियो

प्राइम कमर्सियल बैंकद्धारा रक्तदान सम्पन्न Read Next

प्राइम कमर्सियल बैंकद्धारा रक्तदान सम्पन्न