आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने जानकारी गराएको हो ।

यसपटक दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकका अनुसार सर्वसाधरणले आफूलाई पायक पर्ने ठाउँको बैंकबाट सुकिला नोट साट्न सक्नेछन् ।

सर्वसाधरणले १८ हजार ५०० रुपैयाँको एक बण्डल सुकिला नोट साट्न पाउने छन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

रुरु जलविद्युत् र स्वाभिमान लघुवित्तको लाभांश, कुनको कति ? Read Previous

रुरु जलविद्युत् र स्वाभिमान लघुवित्तको लाभांश, कुनको कति ?

सुर्खेत बाहेक अरू सबै विमानस्थलमा संचालनमा आयो हवाई सेवा Read Next

सुर्खेत बाहेक अरू सबै विमानस्थलमा संचालनमा आयो हवाई सेवा