काठमाडौं । रुरु जलविद्युत् कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।
दुवै कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
रुरु जलविद्युत्ले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
दुवै कम्पनीको प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।