दुइटा माइक्रो पुरिएको झ्याप्लेखोलामा अर्को एउटा बस पनि भेटियो

काठमाडौं । नौबिसे-नागढुंगा सडकखण्डको धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

यसअघि दुईवटा माइक्रोबस पुरिएको स्थानमा डोजरले पहिरो पन्छाउने क्रममा पुरिएको बस भेटिएको हो । अहिले झ्याप्लेखोला पहिरो पन्छाउने क्रम जारी छ । पुरिएको बसका केही भागहरु देखिन्छ भने नम्बर खुलिसकेको छैन ।

शुक्रबार गोरखाबाट काठमाडौंका लागि छुटेको बस हालसम्म सम्पर्कबिहीन छ । पुरिएको बस त्यही सम्पर्कबिहीन बस हुनसक्ने प्रहरीको आंशका छ ।

झ्याप्ले खोलामै हिजो पुरिएका दुई वटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो ।

बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता Read Previous

बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

रुरु जलविद्युत् र स्वाभिमान लघुवित्तको लाभांश, कुनको कति ? Read Next

रुरु जलविद्युत् र स्वाभिमान लघुवित्तको लाभांश, कुनको कति ?