बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

बाढीपहिरोले करिब १३०० मेगावाट बिजुली उत्पादन बन्द, करोडौंको क्षति Read Previous

बाढीपहिरोले करिब १३०० मेगावाट बिजुली उत्पादन बन्द, करोडौंको क्षति

दुइटा माइक्रो पुरिएको झ्याप्लेखोलामा अर्को एउटा बस पनि भेटियो Read Next

दुइटा माइक्रो पुरिएको झ्याप्लेखोलामा अर्को एउटा बस पनि भेटियो