रेमिट्यान्स आप्रवाह १८% बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१८२ को पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

अपि पावरको लाभांश अस्वीकृत Read Previous

अपि पावरको लाभांश अस्वीकृत

फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरू गर्‍यो 'बाइ नावो पे लेटर' Read Next

फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरू गर्‍यो 'बाइ नावो पे लेटर'