काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश नियामक निकाय विद्युत् नियमन आयोगले अस्वीकृत गरेको छ ।
कम्पनीले गत वर्ष कागजी नाफा देखाई लाभांश बाँड्न लागको भन्दै आयोगले रोक्का गरेको हो । आयोगले अपिले सेयर वा अन्य लगानी सम्पत्ति बिक्री नगरी हालको बजार मूल्यको आधारमा देखिएको कागजी नाफालाई नाफा नोक्सान हिसाबमा देखाएर लाभांश प्रस्ताव गरेको भन्दै अस्वीकृत गरेको हो ।
अपिले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले गर्ता ४५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।