कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खुला

काठमाडौं । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ आउने सडक पुनः सञ्चालन गरिएको छ ।

उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति तथा कालोपत्र गर्न सवारी चापका कारण समस्या भएको भन्दै दक्षिणकाली नगरपालिकाले असोज ८ देखि १९ गतेसम्म बन्द गरेको थियो ।

तर, दशैंको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा समस्या हुने भएकाले हाललाई सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आवतजावत खुला गरिएको हो ।

दक्षिणकाली नगरपालिकाले सडक कालोपत्र गर्ने कार्य अहिलेलाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा रोक नलगाइएको जानकारी दिएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न १२ दिन सवारी आवागमनमा रोक लगाइने सूचना नगरपालिकाले जारी गरेको थियो ।

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।

एउटै व्यक्तिलाई सहकारीको पूँजीको १०% भन्दा बढी ऋण नदिन निर्देशन Read Previous

एउटै व्यक्तिलाई सहकारीको पूँजीको १०% भन्दा बढी ऋण नदिन निर्देशन

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण Read Next

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण