भाटभटेनीको चाडपर्व अफर, ७० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको छ ।

कम्पनीले असोज १७ देखि कात्तिक २२ गतेसम्म देशभरका सबै स्टोरबाट विभिन्न सामग्री खरिद गर्नेलाई भारी छुट दिने भएको हो ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्री खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ । किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको हो।

रेडिमेड गार्मेन्टमा पनि भारी छुट व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको भाटभटेनीले जनाएको छ ।

सबै प्रकारका रेडिमेड तथा जुत्तामा ५ प्रतिशत र निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायत खाद्य सामग्रीमा भारी छुट व्यवस्था गरिएको भाटभटेनीले जनाएको हो।

जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा प्रदान गर्न लागिएको छ। अफर अवधिभर यही मुल्यमा जिरा मसिनो चामल खरिद गर्न सकिनेछ।

त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजी बोरा चाडपर्व अफरमा १ हजार ६४० रुपैयाँमै प्राप्त गर्न सकिने छ। लङग्रेन चामल २० केजी ३ हजार २२५, मुसर दाल प्रतिकेजी १४८, मास दाल प्रतिकेजी २१३, रहरको दाल प्रतिकेजी २८८, मुँग दाल प्रतिकेजी १६७, ब्राउन चना प्रतिकेजी १६८, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको हो।

तोरीको तेल प्रतिलिटर २७९, सनफ्लावर तेल प्रतिलिटर १९८, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ।

डीडीसीको घ्यू प्रतिकेजीमा ८१ रुपैयाँ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ। चिनी प्रतिकेजी १०२ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ।

त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशत र लगेजमा ३० प्रतिशतसम्म छुट व्यवस्था गर्न लागिएको भाटभटेनीले जनाएको हो।

दशैं, तिहार र छठ जस्ता पर्वलाई ध्यानमा राखेर ग्राहकलाई छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए। अफरबाट ग्राहक लाभान्वित हुने विश्वास लिइएको उनले बताए।

दुई वर्षपछि वर्ल्ड ट्राभल मार्केटमा सहभागी हुँदै पर्यटन बोर्ड Read Previous

दुई वर्षपछि वर्ल्ड ट्राभल मार्केटमा सहभागी हुँदै पर्यटन बोर्ड

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?