एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

बैंकले गत आव २०८०/८१ को नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयर मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दोस्रो बजारमा एभरेष्टको सेयर कारोबार खुल्नेछ ।

भाटभटेनीको चाडपर्व अफर, ७० प्रतिशतसम्म छुट पाइने Read Previous

भाटभटेनीको चाडपर्व अफर, ७० प्रतिशतसम्म छुट पाइने

३५ रुपैयाँको पानी १०० मा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना Read Next

३५ रुपैयाँको पानी १०० मा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना