काठमाडौं । ग्लोबल आइएमई बैंकले देशका विभिन्न ठाउँमा रहेका २९ शाखा खारेज गरेको छ । साविकको जनता बैंकलाई गाभेपछि शाखा कार्यालय दोहोरीएका ठाउँका शाखा खारेज गरेको बैंकले जनाएको छ ।
खारेज हुने शाखामध्ये साविकको आइएमई बैंकका १० र जनता बैंकका १९ शाखा छन् । मर्ज भएर एकीकृत कारोबार हुन थालेपछि एकै स्थानमा भएका दुई शाखामध्ये एक खारेज गरिएको बैंकले जनाएको छ ।
बैंकले ती शाखा कार्यालयहरु बिक्री गर्न प्रकृया शुरु गरेको छ । तयारी अवस्थाका कार्यालयमा रहेका आन्तरिक सजावट तथा अचल सम्पत्तिहरु बिक्रीको लागि प्रकृया अगाडी बढाएको बैंकले जनाएको छ ।
मर्जर पश्चात एकीकृत बैंकको कूल चुक्ता पूँजी १८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकका प्राथमिक पूँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रहेको छ ।
बैंकले हाल देशभरका करिब ३ सय शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टरबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएकाे छ ।
खारेज भएका शाखा कार्यालयहरू: