एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभाता तथा लाभांश प्रयोजनका लागि भोलि (असोज ८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

बैंक संचालक समितिको भदौ २१ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले असोज २० गते ३० औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री बीच न्युयोर्कमा भेटवार्ता Read Previous

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री बीच न्युयोर्कमा भेटवार्ता

अर्थतन्त्र चलायमान हुन थालेको संकेत, भदौमा मात्रै ५३ अर्ब ऋण लगानी Read Next

अर्थतन्त्र चलायमान हुन थालेको संकेत, भदौमा मात्रै ५३ अर्ब ऋण लगानी