प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री बीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका उनीहरु बीच साइडलाइन भेटवार्ता भएको हो ।

दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो । भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छिन् ।

न्युयोर्क भेटपछि मोदीले भारत नेपाल सम्बन्ध घनीभूत रहेको र यस घनिष्टतालाई अझै गति दिने बताएका छन् । मोदीले लीसँगका दुई तस्वीर सेयर गर्दै लेखेका छन्,  ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछौं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।

सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वसंचालक छबिलाल जोशी पक्राउ Read Previous

सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वसंचालक छबिलाल जोशी पक्राउ

एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन