सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वसंचालक छबिलाल जोशी पक्राउ

काठमाडौं । गोर्खा मिडियाका पूर्व संचालक तथा नेपाल प्रहरीका पूर्व डीआइजी छबिलाल जोशी पक्राउ परेका छन् । प्रहरीले सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दामा जोशीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सूर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई अनुसन्धानका लागि पोखरा पठाइने छ ।

सूर्यदर्शन लगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पूरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिवेदनमा सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरिएको छ ।

५० मिटर फराकिलो पुलचोक-गोन्द्राङ सडक निर्माण अन्तिम चरणमा Read Previous

५० मिटर फराकिलो पुलचोक-गोन्द्राङ सडक निर्माण अन्तिम चरणमा

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री बीच न्युयोर्कमा भेटवार्ता Read Next

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री बीच न्युयोर्कमा भेटवार्ता